मुक्कुमलुङ घटनाका घाइतेसँग भेट्न अस्पताल पुगे आठ दलीय मोर्चाका नेता
काठमाडौँ । मधेस केन्द्रित आठ दलीय मोर्चाका नेताहरूले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधका क्रममा प्रहरीसँग भएको झडपमा घाइते भएकाहरूसँग भेटेका छन् । शुक्रबार बिहान १०ः ३० बजे मोर्चाका नेताहरूले टिचिङ अस्पतालमा उपचाररत मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीहरूलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
महाराजगन्जस्ठित अस्पतालमा यम बहादुर लिम्बु (तेह्रथुम), धर्मन पालुङ्वा (ताप्लेजुङ) र सगुन लावती (पाँचथर) उपचाररत छन् । मोर्चाले आदिवासी जनजाति जनताले आफ्नो पिता पुर्खाको आत्मा भ्रमण गर्ने पवित्र स्थलको रूपमा रहेको ठाउँमा केबलकार निर्माणले आस्था माथि ठुलो प्रहार हुने भएकोले भावनासँग खेलबाड नगर्न भनी गरेको आन्दोलन माथि ऐक्यबद्धता जाहेर गरेको छ भने राज्य दमनको घोर भर्त्सना समेत गरेको छ।
आठ दलीय मोर्चाको तर्फबाट हृदयेश त्रिपाठी, राजकिशोर यादव, सर्बेन्द्र नाथ शुक्ला, राम नरेश राय, केशव झा, रेणु यादव, रामकुमार शर्मा, मनिष सुमन, वृखेष चन्द्रलाल, गंगाराम थारु, शरद सिंह यादव, लक्ष्मणलाल कर्ण, इन्दु सुवेदी, विजयसिंह, सन्तोष मेहता, बुद्ध छिरिङ मोक्तान, मुकेश झा, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह अस्पताल पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण