रास्वपालाई सभामुखको जवाफ : आफूलाई लागेको कुरा मात्र ‘आकस्मिक’ हुन सक्दैन
काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘आफूलाई लागेको कुरा मात्र आकस्मिक हुँदैन’ भन्दै प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको विरोधका बाबजुद बैठक सञ्चालन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले बैठकको सुरुमै बोल्न समय मागेका थिए । सभामुख घिमिरेले प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक भएकाले दलीय आधारमा बोल्न समय दिइएको भन्दै रास्वपाका सांसदलाई आफ्नो आसनमा बस्न आग्रह गरेका थिए ।
रास्वपाका सांसदले प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम (१) अनुसार बोल्न समय मागेका थिए । उक्त नियममा भनिएको छ, ‘सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले शून्य र विशेष समय तोक्न सक्ने छ । तर अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठकको बिचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्यापढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ ।’
रास्वपा सांसदको मागपछि सभामुखले आफूलाई लागेको कुरा मात्र ‘आकस्मिक’ हुन नसक्ने प्रस्ट पारेका थिए । त्यसपछि सभामुखले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाएका थिए ।
आफूहरूको विरोधका बाबजुद बैठक अघि बढाएपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण