अन्तर्राष्ट्रिय क्रिकेटमा मिचेल स्टार्ककको सात सय विकेट, वर्षाका कारण खेल स्थगित
काठमाडौँ । अस्ट्रेलियन टोलीका बलर मिचेल स्टार्कले अन्तर्राष्ट्रिय क्रिकेटमा सात सय विकेटको कोशेढुंगा पार गरेका छन् । घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा ३५ वर्षीय बायाँहाते बलर मिचेल स्टार्कले यस्तो उपलब्धि हासिल गरेका हुन् ।
मिचेल स्टार्कले श्रीलंकाली ब्याट्सम्यान दिमुथ करुणारत्नेलाई पेभेलियन फर्काउँदै सात सय विकेटको कोशेढुंगा पार गरेका हुन् । उनले ओपनर ब्याट्सम्यान करुणारत्नेलाई सात रनको व्यक्तिगत स्कोरमा म्याकस्विनीद्वारा क्याच गराएका थिए ।
करुणारत्नेको विकेट लिएसँगै उनले कामिन्दु मेन्डिसलाई पनि १५ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । मिचेल स्टार्कले टेस्ट क्रिकेटमा लिएको विकेट संख्या तीन सय ७८ पुगेको छ । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि दुई सय ४४ विकेट लिइसकेका छन् ।
यसका अतिरिक्त मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ७९ विकेट हात पारेका छन् । मिचेल स्टार्क टेस्ट क्रिकेटमा अस्ट्रेलियाका लागि चौथो सबैभन्दा बढी विकेट लिने बलर पनि हुन् । टेस्ट क्रिकेटमा उनीभन्दा बढी विकेट शेन वार्न, ग्लेन म्याग्रा र नाथन लियोनले लिएका छन् ।
शेन वार्नले अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा सबैभन्दा बढी सात सय आठ विकेट लिएका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका तिब्रगतिका बलर ग्लेन म्याग्राले पाँच सय ६३ विकेट हात पारेका छन् । तेस्रो नम्बरमा रहेका नाथन लियोनले भने पाँच सय ३९ विकेट लिएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने ग्लेन म्याग्रा र ब्रेट लीले सर्वाधिक विकेट लिएका छन् । यी दुबै बलरले जनही तीन सय ८० विकेट हात पारेका छन् । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार घरेलु टोली श्रीलंका आफ्नो पहिलो पालीमा पाँच विकेटको नोक्सानीमा एक सय ३६ रन बनाएको छ । दिनेश चण्डिमल अविजित ६३ र कुशल मेन्डिस अविजित १० रन बनाउँदै क्रिजमा छन् ।
त्यसअघि, टस जिती ब्याटिङको निर्णय लिएको भ्रमणकारी टोली अस्ट्रेलियाले ६ विकेटको नोक्सानीमा ६ सय ५४ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । अस्ट्रेलियाका लागि ओपनर उस्मान ख्वाजाले दुई सय ३२ रन बनाएका थिए ।
कप्तान स्टिभन स्मिथले पनि टोलीका लागि एक सय ४१ रनको योगदान गरेका थिए । यसका अतिरिक्त, जस इङ्लिसले पनि एक सय दुई रन बनाएका थिए । ओपनर ट्राभिस हेडले ५७ र एलेक्स केरीले अविजित ४६ रन जोडेका थिए । पहिलो पालीमा श्रीलंकाली टोलीका बलर प्रभाथ जयसूर्या र जेफरी भान्डेर्सीले तीन–तीन विकेट लिए । तेस्रो दिनको खाना समयलगत्तै वर्षाका कारण खेल रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026