रुपेश र सिन्दिराको अपराजित यात्रा कायमै
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघद्वारा आयोजित २५ औँ राष्ट्रिय पुरुष तथा १० औँ महिला बुद्धिचाल प्रतियोगितामा छनोट भएका शीर्ष २४ खेलाडीबिच ११ चरणको राउण्ड रोविन खेल जारी छ । शुक्रबार नवौँ चरणको खेल सम्पन्न हुँदासम्म पुरुषतर्फ पूर्वनेपाल च्याम्पियन रुपेश जैसवाल र महिलातर्फ वर्तमान नेपाल च्याम्पियन सिन्दिरा जोशी अपराजित रहँदै शीर्ष स्थानमा कायमै छन् ।
प्रतियोगिता हेटौँडामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा रौतहटका रुपेश जैसवाल र काठमाडौँकी सिन्दिरा जोशी दुबैले आ–आफ्नो विधामा समान ७.५ अंक बटुल्दै अग्रता कायम राखेका हुन् । यी दुबैले समान ६ जीत र तीन बराबरीको नतिजा निकालेका छन् ।
जारी प्रतियोगिताको शीर्ष तीन स्थानभित्र पर्ने खेलाडीले २६ औँ राष्ट्रिय प्रतियोगितामा सिधै प्रवेश पाउने छन् । अहिले शीर्ष तीनको होडमा काठमाडौँका युवा खेलाडी पुरुषोत्तम सिलवाल र वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी पनि छन् । उनीहरुको समान ६.५ अंक रहेको छ ।
मकवानपुरका एफएम क्षितिज भण्डारी ६ अंकसहित चौथो स्थानमा छन् । झापाका शुश्रुत दहाल र दोलखाका आशिष् फुयाल समान ५.५ अंकसहित संयुक्त रुपमा पाँचौ स्थानमा आसिन छन् ।
यसैगरी, महिलातर्फ अप्रत्याशित खेल प्रदर्शन गरेकी काठमाडौँकी एञ्जल महर्जन सात अंक बटुल्दै दोस्रो स्थानमा छिन् । मोरङकी शान्ति धिमाल ६.५ अंकमा जोडेर तेस्रो स्थानमा आसिन छिन् । बाँकेकी इशा गिरि र झापाकी पुनम प्रसाईले ६–६ अंक जोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण