हिउँदे अधिवेशनलाई जनताको जीवनमा सुधार ल्याउने गरी अघि बढाउन खबरदारी गर्छौं : जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले हिउँदे अधिवेशनलाई जनताको जनजीवनमा सुधार ल्याउने गरी अघि बढाउन प्रतिपक्षले खबरदारी गर्ने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उपमहासचिव शर्माले जनताको जनजीविकामा सुधार ल्याउने गरी, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सुधार ल्याउने गरी प्रतिपक्ष दलको तर्फबाट आफ्ना एजेण्डाहरु राख्ने बताए । उनले देशलाई समृद्धिको बाटोमा, सुशासनको बाटोमा लैजानका लागि सरकारलाई खबरदार गर्ने बताए । उनले सरकारले ल्याएका राम्रा कामको समर्थन र गलत क्रियाकलापहरूको खबरदारी गर्ने बताए ।
उनले भने, ‘हिउँदे अधिवेशनलाई जनताको जनजीवनमा सुधार ल्याउने गरी, जनजीविकाका प्रश्नमा सुधार ल्याउने गरी, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सुधार ल्याउने गरी हामी प्रतिपक्ष दलको तर्फबाट आफ्ना एजेण्डाहरु राख्नेछौँ । देशलाई समृद्धिको बाटोमा, सुशासनको बाटोमा लैजानका लागि सरकारलाई खबरदारी गर्नेछौँ ।’
उपमहासचिव शर्माले संविधान र संघीयता कार्यान्वयनमा भएका कमी, कमजोरीलाई सुधार गर्न कानुन निर्माण गर्नुका साथै अग्रगमनतिर बढ्न संविधान संशोधनमार्फत अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण