हिउँदे अधिवेशनलाई जनताको जीवनमा सुधार ल्याउने गरी अघि बढाउन खबरदारी गर्छौं : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले हिउँदे अधिवेशनलाई जनताको जनजीवनमा सुधार ल्याउने गरी अघि बढाउन प्रतिपक्षले खबरदारी गर्ने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उपमहासचिव शर्माले जनताको जनजीविकामा सुधार ल्याउने गरी, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सुधार ल्याउने गरी प्रतिपक्ष दलको तर्फबाट आफ्ना एजेण्डाहरु राख्ने बताए । उनले देशलाई समृद्धिको बाटोमा, सुशासनको बाटोमा लैजानका लागि सरकारलाई खबरदार गर्ने बताए । उनले सरकारले ल्याएका राम्रा कामको समर्थन र गलत क्रियाकलापहरूको खबरदारी गर्ने बताए ।
उनले भने, ‘हिउँदे अधिवेशनलाई जनताको जनजीवनमा सुधार ल्याउने गरी, जनजीविकाका प्रश्नमा सुधार ल्याउने गरी, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सुधार ल्याउने गरी हामी प्रतिपक्ष दलको तर्फबाट आफ्ना एजेण्डाहरु राख्नेछौँ । देशलाई समृद्धिको बाटोमा, सुशासनको बाटोमा लैजानका लागि सरकारलाई खबरदारी गर्नेछौँ ।’
उपमहासचिव शर्माले संविधान र संघीयता कार्यान्वयनमा भएका कमी, कमजोरीलाई सुधार गर्न कानुन निर्माण गर्नुका साथै अग्रगमनतिर बढ्न संविधान संशोधनमार्फत अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा