विराटनगरमा मामाघर आएकी बालिकाको हत्या गरी शव गाडेको अवस्थामा फेला
शुक्रबार, १८ माघ २०८१, १९ : ५८
विराटनगर । विराटनगर–५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरी शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार दिउँसो फेला परेको प्रहरीले बताएको हो ।
मोरङ प्रहरीका अनुसार हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि मावलीतर्फका हजुरबुवा ५७ वर्षीय सर्जुग मण्डललाई पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुवा सर्जुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।
उनका अनुसार एक हप्ताअघि हत्या गरेर शव गाडेजस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको जट्टाले छोपिएको अवस्थामा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण