...जब ओली संसद्को रोस्ट्रम नगएर प्रचण्डतर्फ पुगे
काठमाडौँ । शुक्रबार सुरु भएको संसद्को हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेताबिचको छोटो संवादसहित प्रधानमन्त्रीले दिएको कागजबारे सबैको ध्यान खिच्यो ।
१ बजे बोलाइएको संसद् बैठकमा रास्वपाका सांसदको अवरोध र बहिस्कारका बिच सभामुख देवराज घिमिरेले संसद्को कारबाही अगाडि बढाए ।
प्रतिनिधि सभाको कार्यसूचीअनुसार प्रधानमन्त्रीको सम्बोधन सबैभन्दा अगाडि थियो ।
कार्यसूचीअनुसार जब सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिए, तब ओली आसनबाट उठे । उनी रोस्ट्रमतर्फ जालान् भन्ने सबैको अनुमान थियो । तर ओली रोस्ट्रमतर्फ गएनन् बरु प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’तर्फ लागे ।
ओली आफूतिर आएको देखेर प्रचण्ड पनि सुरुमा अचम्म मान्न पुगे । त्यो दृश्य अरू सांसद तथा मन्त्रीहरूले चासोपूर्वक नियाल्ने नै भए । प्रधानमन्त्री ओलीले प्रचण्ड नजिक पुगेर एउटा लिखित कागज उनलाई थमाइदिए । त्यसैक्रममा ओली–प्रचण्डबिच संक्षिप्त कुराकानी समेत भयो । तर के कुराकानी भयो त्यो प्रस्ट सुनिएन । त्यसपछि प्रचण्ड थोरै हाँसे ।
ओली भने त्यसपछिमात्र रोस्ट्रमतर्फ लागे । खासमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई लिखत कागज के दिएका रहेछन् भन्ने प्रत्यक्ष प्रसारण हेर्नेदेखि संसदमै उपस्थितहरूलाई समेत पछि मात्रै थाहा भयो । सोधखोज चल्यो अनि थाहा भयो— ओलीले प्रचण्डलाई आफूले गर्न लागेको सम्बोधनको कपि पो दिएका रहेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण