लगातार आठौँ बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री सीतारमण
शनिबार, १९ माघ २०८१, ०९ : ५८
नयाँ दिल्ली । भारतकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार लगातार आठौँ बजेट प्रस्तुत गर्दैछिन् ।
उनी बिहानै निवासबाट अर्थ मन्त्रालय पुगेकी थिइन् । आधा घण्टा मन्त्रालयमा बसेपछि राष्ट्रपति भवन पुगेर उनले बजेटको प्रति राष्ट्रपति द्रौपदी मुर्मुलाई हस्तान्तरण गरेकी छन् ।
अब बिहान ११ बजे संसद्मा अर्थमन्त्रीको सम्बोधन सुरु हुनेछ । पछिल्ला बजेट जस्तै यो बजेट पनि पेपर लेस हुने बताइएको छ ।
बजेटबारे शुक्रबार संसद् परिसरमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘साथीहरू, देशका जनताले मलाई तेस्रो पटक यो जिम्मेवारी दिएका छन् । यो तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हो। म विश्वासका साथ भन्न सक्छु कि सन् २०४७ मा स्वतन्त्रताको १०० वर्ष पुग्दा, देशले विकसित भारतको लागि जुन संकल्प लिएको छ, यो बजेट अधिवेशन र यो बजेटले नयाँ विश्वास सृजना गर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण