लगातार आठौँ बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री सीतारमण
शनिबार, १९ माघ २०८१, ०९ : ५८

नयाँ दिल्ली । भारतकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार लगातार आठौँ बजेट प्रस्तुत गर्दैछिन् ।
उनी बिहानै निवासबाट अर्थ मन्त्रालय पुगेकी थिइन् । आधा घण्टा मन्त्रालयमा बसेपछि राष्ट्रपति भवन पुगेर उनले बजेटको प्रति राष्ट्रपति द्रौपदी मुर्मुलाई हस्तान्तरण गरेकी छन् ।
अब बिहान ११ बजे संसद्मा अर्थमन्त्रीको सम्बोधन सुरु हुनेछ । पछिल्ला बजेट जस्तै यो बजेट पनि पेपर लेस हुने बताइएको छ ।
बजेटबारे शुक्रबार संसद् परिसरमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘साथीहरू, देशका जनताले मलाई तेस्रो पटक यो जिम्मेवारी दिएका छन् । यो तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हो। म विश्वासका साथ भन्न सक्छु कि सन् २०४७ मा स्वतन्त्रताको १०० वर्ष पुग्दा, देशले विकसित भारतको लागि जुन संकल्प लिएको छ, यो बजेट अधिवेशन र यो बजेटले नयाँ विश्वास सृजना गर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबिच भेटवार्ता
-
समाजको बदलिँदो सांस्कृतिक छवि
-
हिमाली क्षेत्रका मुलुकहरूले चरम मौसमीय अवस्थाको सामना गरिरहेका छन् : वनमन्त्री शाही
-
टुँडिखेलमा साकेला नाच, तस्बिरमा हेर्नुहोस्
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू