नेपालद्वारा थाइल्याण्डसामु १ सय २ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले थाइल्याण्डसामु जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १ रन बनाएको हो ।
खेलमा नेपालको सुरुवात राम्रो हुन सकेन । दोस्रो बलमा नै सम्झना खड्का खाता नै नखोली आउट हुन पुगिन् । अर्की ओपनर ममता चौधरी पनि धेरै समय टिक्न सकिनन् । उनी २ रन बनाउँदै आउट हुँदा नेपालले ११ रन मात्र बनाउन सकेको थियो ।
तेस्रो विकेटका रूपमा कप्तान इन्दु वर्मा आउट भइन् । उनले १७ बलमा १५ रन जोडिन् । उनले २ चौका प्रहार गरिन् ।
पूजा महतो र रुविना क्षेत्री पनि लामो समय टिक्न सकेनन् । महतो ६ रन तथा क्षेत्री ४ रन जोड्दै पभेलियन फर्किए । यतिबेला नेपालले ४० रनमा ५ विकेट गुमाइसकेको थियो ।
त्यसपछि कविता कुँवर र बिन्दु रावलले नेपालको इनिङ्स सम्हाले । १७ औँ ओभरमा ८४ रनको स्कोरमा रावल बोल्ड हुन पुगिन् । उनले २५ बलमा २५ रन जोडिन् । यस क्रममा उनले ३ चौका हिर्काइन् ।
लगत्तै कुँवर पनि स्कुप सट खेल्ने प्रयास गर्दा बोल्ड भइन् । उनले ३२ बलमा २५ रन जोडिन् । उनले २ चौका हिर्काइन् ।
सीता रानामगर पनि ४ बल मात्र टिकिन् । उनले दुई रन बनाइन् । खेलको अन्तिम ओभरमा कविता जोशी ९ बलमा ८ रन जोड्दै क्याच आउट भइन् । उनले एक छक्का प्रहार गरिन् ।
थाइल्याण्डका लागि थिपाट्चा पुथावोङले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ३ विकेट लिइन् । फानिता माया र नाटाया बोचाथामले २–२ विकेट तथा चानिदा सुथिरुवाङले १ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण