संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथिकै हमला : महासचिव गुरुङ
हेटौँडा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथि कै हमला भएको बताएका छन् । सरकारले संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको समेत उनले आरोप लगाए ।
प्रेस सेन्टर नेपाल मकवानपुरले शनिवार हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले सरकारले ३१ वटा कानुनलाई अध्यादेश मार्फत संशोधन गर्नुले सरकारको नियत नै गलत भएको बताए । महासचिव गुरुङले विगतमा प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानलाई केपी शर्मा ओली नेतृत्वले सरकारले रातारात उल्टाउने काम गरेको बताए ।
‘देशको लोकतन्त्र र राष्ट्रियतामाथि खतरा पैदा भएको छ । सरकारको सोच र चिन्तनको कारण मुलुक गम्भीर सङ्कटमा फस्दै गएको छ । अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले नेपालको स्वाधीनताको रक्षा गर्न चुनौतीपूर्ण देखिएको छ’ उनले भने ।
मुलुकको स्वाधीनताको रक्षा गर्न अङ्गीकार गर्नुपर्ने परराष्ट्र नीति समेत सरकारले अङ्गीकार गर्न नसकिएको उनले बताए । सुशासनको नाममा सरकारले भ्रष्टाचारी र कमिसनतन्त्रलाई प्रशय दिने काम गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण