सरकारले अध्यादेशमार्फत ३१ वटा कानुन संशोधन गर्नु संसद्को अपमान हो: नेता पौडेल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले सरकारले अध्यादेशमार्फत ३१ वटा कानुन संशोधन गरेर संसद्को अपमान गरेको टिप्पणी गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउन संविधानले नरोकेको भएपनि वर्तमान सरकारले संसद्कै अपमान हुनेगरी काम गरेको बताए ।
उनले सरकारले विशिष्ट अवस्था र अधिवेशन बस्न नसक्ने अवस्था पैदा भएको खण्डमा कानुनको आवश्यकता पर्दा अध्यादेश ल्याउन सक्ने बताए । तर, अहिले त्यस्तो कुनै विशिष्ट अवस्था पैदा नभएको उनको दाबी छ ।
‘एउटा दुई वटा होइन, ३१ वटा कानुन । एक हप्तापछि सदन बोलाइयो । एक हप्ता पहिला अध्यादेश ल्याइयो । त्यसो हो भने संसद् किन चाहियो ? हामीले जनताको भावना कानुन बनाउने बेलामा छलफल चलाएर अगाडि बढ्नका निम्ति सार्वभौम रूपमा हामीले संसद्लाई प्रयोग गर्ने गरेका छौँ । ३१/३१ वटा कानुन अध्यादेशमार्फत आउनु भनेको संसद्प्रतिको अपमान हो,’ उनले भने ।
अध्यादेश लोकतान्त्रिक मूल्य मान्यतालाई अगाडि बढाउने हिसाबले नआएको र यसको प्रक्रिया नै गलत रहेको उनको दाबी छ । नेता पौडेलले एक हप्तामा फास्ट ट्रयाकमा सदनमै कानुन बनेको नजिर रहेको सुनाए । संसद्ले कानुन बनाउन लामो समय लाग्छ भन्ने कुरा गलत रहेको उनले बताए । संविधान संशोधन गर्ने विषय घान हालेको सरकारले संसद्प्रति अविश्वास गरेर अध्यादेशमार्फत शासन गरेको नेता पौडेलले बताए ।
अध्यादेशमा उल्लेख भएका विषयवस्तुको विषयका बारेमा जेसुकै भएपनि प्रक्रिया नै गलत रहेको उनले बताए । मन्त्रालयले कार्यविधि बनाएर जग्गा बाँड्न सक्नेगरी अध्यादेश ल्याइनु आपत्तिजनक रहेको उनले बताए । जग्गाको हदबन्दी फुकाउने व्यवस्था गरिएको विषयमा आफूहरूको ठुलो आशंका रहेको उनले बताए । सुकुम्बासी र भूमिहीनलाई जग्गा प्रदान गर्ने विषयमा आफूहरूको आपत्ति नरहेको उनले बताए । तर, भूमिहीन र सुकुम्बासीलाई जग्गा दिने नभएर अध्यादेशको नियत अर्कै रहेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण