ला लिगामा एटलेटिको र भियारियालको सहज जित
आइतबार, २० माघ २०८१, ०४ : २४

काठमाडौं । स्पेनिस ला लिगामा दोस्रो स्थानको एटलेटिको मड्रिड र भियारियालले सहज जित निकालेका छन् । एटलेटिकोले घरेलु मैदानमा मलोर्कालाई २–० ले हराउँदा भियारियालले घरेलु मैदान मै रियाल भालाडोलिडलाई ५–१ ले हरायो ।
एटलेटिकोलाई जिताउन श्यामुएल लिनो र एन्टोनी ग्रिजम्यानले एक-एक गोल गरे । यो जितसँगै एटलेटिकोले शीर्ष स्थानको रियाल मड्रिडलाई उछिन्ने मनोबल र वातावरण तयार पारेको छ । रियालसँग एटलेटिको अंंकदुरी जम्मा १ अंकमा झरेको छ ।
फराकिलो जित निकालेको भियारियाल भने पाँचौ स्थानमा यतावत छ । उसको चौथो स्थानको एथ्लेटिक क्लबसँग अझै ३ अंकको दुरी छ ।