एकीकृत समाजवादीका तीनवटै कमिटीकाे बैठक फागुनमा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यसअघि तय गरेका तीन तहका पार्टी कमिटीको बैठकको मिति संशोधन गर्दै परिवर्तन गरेको छ । सो पार्टीका महासचिव घनश्याम भुसालका अनुसार संशोधित मिति अनुसार फागुन ६ गते स्थायी कमिटी, ७ गते पोलिटब्युरो तथा ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्नेछ ।
यसअघि सो पार्टीले यही माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र माघ ३० देखि फागुन १ र २ गते केन्द्रीय कमिटी बैठकको मिति सार्वजनिक गरेको थियो ।
स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने एकीकृत समाजवादीले जनाएको छ । आन्दोलनद्वारा पार्टी निर्माण गर्ने बताउँदै आएको सो पार्टीले महासचिव घनश्याम भुसाललाई आन्दोलनको संयोजक तोकेको छ भने आन्दोलन संयोजन समितिको सचिवमा नेता जीवराम श्रेष्ठ तोकिएका छन् ।
एकीकृत समाजवादी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले तयारी नपुगेका कारण बैठक सार्नुपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण