कुर्स्कमा रुस आफैँले हान्यो विद्यालयमा बम : राष्ट्रपति जेलेन्स्की
किभ । रुस–युक्रेनबीचको युद्ध रोकिने कुनै संकेत देखिँदैन । रुसले आफ्नै कुर्स्क क्षेत्रको एक विद्यालयमा बम विस्फोट गराएको दाबी युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले गरेका छन् । उक्त विद्यालयमा कयौँ रूसी शरणार्थीहरूले यसमा आश्रय लिएका थिए । रुसले बोर्डिङ स्कूलमा हवाई बम खसालेको आरोप जेलेन्स्कीले लगाएका छन् ।
‘रूसले यसरी नै युद्ध लड्छ । कुर्स्क क्षेत्रको सुद्जामा रहेको एउटा बोर्डिङ स्कूल, जसलाई सर्वसाधारणहरूले खाली गर्ने तयारी गरिरहेका थिए, त्यहाँ रुसले हवाई बम खसाल्यो । तिनीहरूले भवन ध्वस्त पारे ।’
माइक्रो ब्लगिङ वेबसाइट एक्समा जेलेन्स्कीले लेखेका छन् । रूसले चेचन्या विरुद्धको युद्ध पनि यसरी नै लडेको पोष्टमा भनिएको छ । तिनीहरूले सिरियालीहरूलाई पनि त्यसैगरी मारेको उनले लेखेका छन् । रुसी सेनाले पनि आफ्नै नागरिकविरुद्ध यस्तै रणनीति प्रयोग गरिरहेको उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण