दुई पटक सरेर माओवादी केन्द्रको बैठक स्थगित
काठमाडौँ । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा व्यस्त रहेकाले बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
शर्माका अनुसार बैठक भोलि (सोमबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । यसअघि बिहान ११ बजे बोलाइएको बैठक प्रचण्डको कार्य व्यस्तताका कारण दिउँसो २ बजेलाई सारिएको थियो ।
‘अध्यक्ष जिल्लाको कार्यक्रममा व्यस्त भएकाले बैठक स्थगित गरिएको खबर आएको छ । अब भोलि बिहान ११ बजे खुमलटारमा बस्छ’, सचिव शर्माले भने ।
सोमबारको बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनसम्बन्धी प्रस्तावमाथि छलफल गरी निर्णय हुनसक्ने उनले बताए । पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी माघ १ गतेसम्म हेरफेर गर्ने निर्णय गरेको थियो ।
जिम्मेवारी हेरफेर तथा कार्यविभाजन कार्यदलमा भुसालसहित उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत रहेका छन् । कार्यदलले माघ २ गते बसेको पदाधिकारी बैठकमा प्रस्ताव पेस गरेको थियो ।
स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशको इन्चार्ज फेर्ने विषयमा छलफल भएको छ । यस्तै पार्टीको केन्द्रीय कार्यालय र प्रचण्डका सचिवालय सदस्य पनि हेरफेर गर्ने तयारी छ । यद्यपि यस विषयमा कुनै निर्णय नभएको शर्माले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण