त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला
नेपाल सामु १ सय ४१ रनको लक्ष्य, सीताको ‘फाइफर’
आइतबार, २० माघ २०८१, १३ : ४४
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले जितका लागि १ सय ४१ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको हो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेटे डी लिडेले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ३८ बलमा ४१ रन जोडिन् । यसक्रममा उनले ४ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै, हेदर साइगर्सले २३ बलमा २६ रनको योगदान दिइन् ।
उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । फेबे मोल्केनबोर र रोबिन राइकले २१–२१ रन बनाए । नेपालका लागि सीता रानामगरले शानदार बलिङ गर्दै ५ विकेट लिइन् । उनले ३ ओभरमा मात्र १२ रन खर्चिइन् ।
मनिषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु वर्माले १–१ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण