अर्थ
चार दिनयता सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सोमबार, २१ माघ २०८१, १४ : २७
काठमाडौँ । चार दिनयता सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारयता सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख ६० हजार ५०० कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै शनिबार सोही पनि सोही मूल्य कायम भएको सुनको मूल्य आइतबार र सोमबार पनि समान मूल्य निर्धारण भएर कारोबार भएको महासंघले जनाएको छ ।
महासंघले चाँदीको मूल्य भने घटेको जनाएको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको हो । यस आधारमा चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँ घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण