आयोजकले धोका दिएपछि रोकियो सबिन राईको सिलिगुडीको कार्यक्रम

काठमाडौंँ । गायक सबिन राई र उनको ब्याण्ड फारोको सिलिगुडी सुक्ना कार्यक्रम अन्तिम समयमा रोकिएको छ । कार्यक्रममा लागि ब्याण्डसहित गायक राई कार्यक्रम स्थल पुगे पनि आयोजकका कारण प्रस्तुति रोकिएको हो ।
यसको जानकारी गायक सबिन राई र उनका ब्याण्डका सदस्यले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै गराएका छन् । उनीहरूले प्रस्तुतिका लागि आफूहरू समयमै आउँदा आउँदै पनि आयोजकको बेवास्ताको कारण प्रस्तुति दिन नपाएको गुनासो गरेका छन् ।
‘हेलो सिलिगुडी हिजो फेब्रुअरी २ सुक्नाको शोका लागि हामी आएका थियौ । तर हामी कुनै पनि कलाकारले प्रस्तुति दिन सकेनौ । यसका लागि हामी मनदेखि नै तपाईँहरूसँग क्षमा माग्छौ’, सबिनले भिडियोमा अगाडि भनेका छन्, ‘आयोजकले नजानेको हो वा जानी जानी यस्तो गरेको हो । त्यो हामीलाई थाहा भएन । हामीले आयोजकलाई भेटेको पनि थिएन । अन्तिम समयसम्म पनि आयोजकले अनुहार नदेखाएपछि ठिक भएन जस्तो नलागेर हामी अगाडि बढेनौ ।’
आफूहरू ७ बजे प्रस्तुतिका रेडी भइसकेको बताएका उनले आयोजक कसैले आएर ‘यो गर्नुपर्छ, यस्तो सेड्युल छ’ नभनेको कारण प्रस्तुति दिन नसकेको जिकिर गरेका छन् । भिडियोमा अगाडि भनिएको छ, ‘९ बजेपछि भने फोन नै उठेन ।’
११ बजेसम्म आफूहरू तयारी नै अवस्थामा रहे पनि कसैले खबर नगरेको उनीहरूको गुनासो छ । उनीहरूको साथमा स्वप्निल शर्मा पनि रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते