आयोजकले धोका दिएपछि रोकियो सबिन राईको सिलिगुडीको कार्यक्रम
काठमाडौंँ । गायक सबिन राई र उनको ब्याण्ड फारोको सिलिगुडी सुक्ना कार्यक्रम अन्तिम समयमा रोकिएको छ । कार्यक्रममा लागि ब्याण्डसहित गायक राई कार्यक्रम स्थल पुगे पनि आयोजकका कारण प्रस्तुति रोकिएको हो ।
यसको जानकारी गायक सबिन राई र उनका ब्याण्डका सदस्यले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै गराएका छन् । उनीहरूले प्रस्तुतिका लागि आफूहरू समयमै आउँदा आउँदै पनि आयोजकको बेवास्ताको कारण प्रस्तुति दिन नपाएको गुनासो गरेका छन् ।
‘हेलो सिलिगुडी हिजो फेब्रुअरी २ सुक्नाको शोका लागि हामी आएका थियौ । तर हामी कुनै पनि कलाकारले प्रस्तुति दिन सकेनौ । यसका लागि हामी मनदेखि नै तपाईँहरूसँग क्षमा माग्छौ’, सबिनले भिडियोमा अगाडि भनेका छन्, ‘आयोजकले नजानेको हो वा जानी जानी यस्तो गरेको हो । त्यो हामीलाई थाहा भएन । हामीले आयोजकलाई भेटेको पनि थिएन । अन्तिम समयसम्म पनि आयोजकले अनुहार नदेखाएपछि ठिक भएन जस्तो नलागेर हामी अगाडि बढेनौ ।’
आफूहरू ७ बजे प्रस्तुतिका रेडी भइसकेको बताएका उनले आयोजक कसैले आएर ‘यो गर्नुपर्छ, यस्तो सेड्युल छ’ नभनेको कारण प्रस्तुति दिन नसकेको जिकिर गरेका छन् । भिडियोमा अगाडि भनिएको छ, ‘९ बजेपछि भने फोन नै उठेन ।’
११ बजेसम्म आफूहरू तयारी नै अवस्थामा रहे पनि कसैले खबर नगरेको उनीहरूको गुनासो छ । उनीहरूको साथमा स्वप्निल शर्मा पनि रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण