गाजा युद्धविराम सम्झौताको दोस्रो चरणबारे छलफल गर्न अमेरिकामा नेतन्याहु
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु अमेरिका प्रस्थान गरेका छन् । गाजामा प्यालेष्टिनी सशस्त्र समूह हमाससँग युद्ध विराम सम्झौताको दोस्रो चरणबारे छलफल गर्न उनी अमेरिका गएको उनको कार्यालयले जनाएको छ ।
दोस्रो चरणबारे सोमबार देखि वासिङ्टनमा छलफल हुने नेतन्याहुको कार्यालयले बताइएको छ । जनवरी १९ मा गाजामा युद्ध विराम सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको श्रेय आफैँले लिएका थिए ।
मंगलबार ह्वाइट हाउसमा ट्रम्पले नेतन्याहुको स्वागत गर्ने अपेक्षा गरिएको छ । जनवरी २० मा कार्यभार सम्हालेयता नेतन्याहु ट्रम्पले भेट्ने पहिलो विदेशी नेता बन्दैछन् । यसअघि नेतन्याहु आउन लागेको र आफुहरूबीच ठूलै छलफल हुने ट्रम्पले बताएका थिए । बैठकमा मध्य पूर्वका लागि ट्रम्पले नियुक्त गरेका दूत स्टिभ विट्क्अफको पनि उपस्थित रहने नेतन्याहुको कार्यालयले बताएको छ ।
युद्ध विराम सम्झौताको पहिलो चरणमा हमासले ३३ जना इजरायली बन्दीहरूलाई रिहा गर्दैछ । यसको बदलामा इजरायलले पनि २ हजार प्यालेष्टिनी बन्दीलाई रिहा गर्नेछ । दोस्रो चरणमा बाँकी बन्दीहरूलाई रिहा गरिनेछ । यसमा युद्धलाई स्थायी तवरले अन्त्य गर्नेबारे अरु छलफल हुने ठानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण