माओवादी प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, एसियाको इन्चार्जमा ओम शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ । मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
यस्तै गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिएको छ । यस्तै लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा यथावत् राखिएको छ । सचिव लिलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि पोखरेल मधेस प्रदेशको इन्चार्ज थिए ।
यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् ।
महासचिव माथिका पदाधिकारीले भूगोलको जिम्मा नलिने नीतिगत निर्णय गरेको पनि माओवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण