बागमती प्रदेशमा सर्वदलीय बैठक आह्वान
सोमबार, २१ माघ २०८१, २० : २७
मकवानपुर । बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिच मङ्गलबार सर्वदलीय बैठक आह्वान गरिएको छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको बताए । उनका अनुसार प्रदेश सभाको माघ २३ गते मध्याह्न ११ बजे बस्ने बैठकका कामकारबाहीबारे बैठकमा छलफल हुनेछ ।
प्रदेश सरकारले ल्याएका विभिन्न चार वटा विधेयक तथा विभिन्न समितिमा छलफल भइ प्रतिवेदन तयार भएको केही विधेयकलाई पूर्ण बैठकमा छलफल गरी पारित गर्नुपर्ने भएकाले त्यसमा सहमतिका लागि सर्वदलीय बैठक आयोजना गरिएको सभामुख पाठकले जानकारी दिए ।
प्रदेशसभाको गत माघ १८ गते बसेको बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा सरकारद्वारा प्रस्तुत गर्ने भनिएका विधेयक अन्तिममा बैठकको कार्यसूचीबाट हटाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण