प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले भद्रकालीस्थित परिसरको कार्यालयमा दुई जना एसपी राख्ने निर्णय गरेका हुन् ।
दुई जना एसपी राख्ने निर्णय भएसँगै डीएसपीबाट एसपीमा बढुवा भएका कुलदीप चन्दलाई परिसरमा काज सरुवा गरिएको छ । केही दिनअघि मात्र परिसरमा एसपी अपिल राज बोहरा सरुवा भएर आएका थिए ।
२०७८ कार्तिकमा तत्कालीन एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले काठमाडौँ परिसरमा सामाजिक अपराध, आर्थिक अपराध र जघन्य अपराध हेर्नेगरी ३ जना डीएसपी र मुद्दा फाँटको समग्र कमान्ड गर्न एसपी खटाउन सिफारिस गरेको थियो । मुद्दा हेर्ने एसपीलाई काठमाडौँका डीएसपी इन्चार्ज हुने १४ वटा वृत्तहरूको पनि मुद्दा अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने समितिको सिफारिस थियो ।
पेशेवर अपहरणकारी समूहका सदस्य दुर्गाबहादुर बुढाथोकीले पर्याप्त प्रमाणको अभावमा सफाइ पाएको घटनापछि अनुसन्धानमा हुने कमजोरी न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि, २०७८ चैतमा तत्कालीन एसपी सानुराम भट्टराईलाई मुद्दा हेर्नेगरी सरुवा गरिएपनि उनी गएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख धरौटी बुझाएर रिहा भए धवल शमशेर राणा
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)
-
सेती नदीमा अज्ञात पुरूषको शव फेला
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह