ट्रम्पले मस्कलाई बनाए सरकारका विशेष कर्मचारी
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कलाई आफ्नो सरकारको विशेष कर्मचारी बनाएका छन् । ट्रम्पले मस्कलाई यस अघि सरकारको आकार घटाउने काम दिएका थिए ।
अब भने उनलाई विशेष सरकारी कर्मचारी मानिने ह्वाइट हाउसले सोमबार भनेको हो । यो हैसियतसँगै मस्कले संघीय सरकारका लागि पनि काम गर्न सक्ने भएका छन् ।
तर नियमित सरकारी कर्मचारीलाई झैं उनले पनि आफ्नो निजी स्वार्थ र हितसँग बाझिने काम भने गर्न पाउने छैनन् । मस्क यतिबेला विश्वको सबैभन्दा धनी मान्छे हुन् । ट्रम्प प्रशासनमा जिम्मेवारी सम्हाल्नुको साथै उनले विद्युतीय कार बनाउने कम्पनी टेस्ला, एरोस्पेश कम्पनी स्पेशएक्स लगायत कयौँ कम्पनी चलाइरहेका छन् ।
मस्कलाई ‘विशेष सरकारी कर्मचारी’को रुपमा वर्गिकृत गरिएको ह्वाइट हाउसकी प्रेस प्रवक्ता क्यारोलिन लिभिटले भनेकी छिन् । यो कामका लागि मस्कले सरकारबाट तलब नपाउने अनि उनले कानुनको पालना गर्नु पर्ने उनले बताएकी छिन् ।
विशेष सरकारी कर्मचारी पद बढीमा १३० दिनको लागि मात्रै हुन्छ । तर मस्क उक्त पदमा योभन्दा लामो समय बस्छन् कि बस्दैनन् भन्ने बारे ट्रम्पले केही पनि भनेका छैनन् । मस्कले संघीय सरकारबाट व्यापक कर्मचारी कटौती गर्ने वाचा गरेका छन् ।
मस्कको डजलाई कयौँ सरकारी प्रणालीमा पहुँच र नियन्त्रण गर्न दिएपछि हालैका दिनमा मस्कबारे चासो र चियोचर्चा बढेको छ । मस्कको गतिविधिका कारण सरकारी कर्मचारी त्रस्त बनेका छन् भने केही एजेन्सीभित्र अस्तव्यस्तता देखिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण