बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री
मङ्गलबार, २२ माघ २०८१, १२ : ३५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल मृत्युदर घटेकाले मानिसको नेपालीको आयु बढेको बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको मङ्गलवार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
‘अहिले हाम्रो सरदर आयु ७२ वर्ष किन पुगेको छ ? हामीले बालमृत्यु दर घटाइदियौँ । १० वर्षमा एउटा बालक वित्यो भने १० जना मान्छे सय वर्ष बाचेको छ भने तिनको आयु ९० वर्ष हुन्छ’, प्रधानमन्त्रीले भने,‘मातृ शिशु कल्याणको क्षेत्रमा हामीले थुप्रै काम गरेका छौ ।’
लङगीभिटी बढाउँदै जाने, व्रेन ह्यामरेज, हर्टअट्याक समेत कम गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले मुटुलाई स्वस्थ राख्नुपर्नेमा जोड दिँदै जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले काम गरिरहेको र यो सबैको इस्यु भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला
-
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
-
दरबारमार्गको सडकमा नयाँ प्रयोग : यस्तो छ चर्चामा रहेको ग्रेनाइटको कहानी
-
टिपर दुर्घटनामा परी चालकको मृत्यु
-
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना पारित
-
सस्तो हुने भएकाले बेलुनमा भरिएको थियो हाइड्रोजन ग्यास