जेठ पहिलो साता काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ साल जेठ २, ३ र ४ गते काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौँ उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
बैठकले बाल सुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबिच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ । यस्तै सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ भने आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण