सर्वदलीय बैठकले मिलाउला बजेटमाथिको विवाद ?

मकवानपुर । बागमती प्रदेशको सर्वदलीय बैठक जारी रहेको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको उपस्थितिमा संसद सचिवालयमा सर्वदलीय बैठक चलिरहेको हो ।
सत्तापक्ष र प्रतिपक्ष बीचको बजेटमाथिको विवाद समाधान गर्ने गरी उक्त सर्वदलीय बैठक आह्वान गरिएको हो ।
बजेट माथिको विवादका कारण प्रदेशसभाको बैठकसमेत प्रभावित हुँदै आएको छ। उक्त विवादका कारण गत माघ १८ गते आह्वान गरिएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची अन्तिम समयमा स्थगित गरिएको थियो।
बजेटमाथिको विवादका कारण प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको चेतावनीपछि १८ गतेको संसद्को कार्यसूची नै स्थगित गरिएको थियो।
विधेयक पेस हुने कार्यसूची रहेको उक्त बैठक बैठक प्रतिपक्ष दलको चेतावनीपछि स्थगित गरिएको थियो।
प्रतिपक्षी दल माओवादी केन्द्रले बजेटमाथिको विवाद बजेटमाथिको विगतको सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभाको बैठकका काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संसदीय अभ्यासलाई पारदर्शी र जनमुखी बनाउन प्रेस जगतको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल
-
'एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
एमालेले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’को उपाधि