बा होस् कि मामा होस्‚ नयाँ होस् कि पुरानो दोषीले दण्ड पाउँछ : महामन्त्री थापा
काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गलत गर्ने व्यक्ति कांग्रेस–एमाले वा नयाँ राजनीतिक दल जुनसुकै भएपनि दण्डको भागिदार गराइछाड्ने बताएका छन् । यसका लागि एमाले–कांग्रेस गठबन्धन सरकारलाई तीन वर्षको समय भएको उनको भनाई छ ।
मंगलबार पर्वतको पैयुँमा कांग्रेस जिल्ला प्रदेश ‘ख’ कार्यसमितिले आयोजना गरेको सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कानुनको शासनभन्दा कोही पनि ठुलो नहुने स्पष्ट पारे ।
‘बा होस् कि मामा होस् घरको होस् कि मावलीको होस्‚ कांग्रेसको होस् कि एमालेको होस्‚ नयाँ होस् कि पुरानो होस् जो सुकै होस् दोषीले दण्ड पाउँछ भन्ने स्थापित गर्ने यो तीन वर्षको समय प्रयोग गर्नुपर्ने छ‚’ उनले भने ।
नयाँ शक्ति रास्वपा र आफ्नै दल कांग्रेस लक्षित गर्दै महामन्त्री थापाले थपे‚ ‘कोही एक व्यक्ति आउँछ सहकारी ठग्छ । कोही व्यक्तिले घुस खान्छ र कोहीले नक्कली मान्छे बनाएर बाहिर लिएर जान्छ । कसैले सार्वजनिक सम्पत्तिको अपचलन गर्छ त्यो व्यक्ति कांग्रेस वा एमाले जुनसुकै पार्टीको शक्तिशाली पदमा बसेको भए पनि कारबाही हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण