सत्तापक्ष र प्रतिपक्षबिच भयो सहमति, बागमती प्रदेश सभा सञ्चालन हुने
मकवानपुर । सत्तापक्ष र प्रतिपक्ष बिचको सहमतिपछि बागमती प्रदेश सभाको बुधबार बस्ने बैठक सञ्चालन हुने भएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले संसद् सञ्चालन गर्ने सहमति जुटाएको हो ।
सभामुख भुवन कुमार पाठकको संयोजकत्वमा बसेको सर्वदलीयले बैठकले सत्तापक्ष र प्रतिपक्षबिचको बजेटमाथिको विवाद समाधान गर्ने सहमति जुटाएको हो । सभामुख पाठकले बुधबार बस्ने बैठकमा प्रतिपक्षको अवरोध नरहने गरी सहमति भएको जानकारी दिए ।
उनका अनुसार बुधबारको बैठकमा निर्धारित कार्यसूची अनुसार विधेयकहरू प्रस्तुत हुनेछ । बैठकले विभिन्न विषयमा छलफल गरी संसद् सञ्चालनको वातावरण तयार गर्ने गरी प्रतिपक्ष र सत्तापक्षबिच सहमति जुटाएको हो ।
बैठकमा सरकारको तर्फबाट प्रतिपक्षले उठाएको मागका सन्दर्भमा अनुकूलताको आधारमा सम्बोधन गर्नेगरी छलफल भएको मुख्यमन्त्री बहादुर सिंह लामाले बताए । प्रदेश सरकारको क्षमता र स्रोत अनुसार प्रतिपक्ष दलले उठाएका बजेट माग सम्बोधन गर्नेगरी सहमति भएको उनले बताए । प्रतिपक्ष दलले विगतको सहमति र विपद् प्रभावित क्षेत्रको पुनः निमाृण लगायतका विषयमा सरकारले क्रमशः सम्बोधन गर्नेगरी प्रतिबद्धता गरेको उनको भनाई छ ।
बैठकमा सहभागी प्रतिपक्ष दल माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सर्वदलीय बैठकमा ठोस निष्कर्ष निस्कन नसकेपनि मौखिक प्रतिबद्धता सरकारबाट आएको बताए । प्रतिपक्ष दलसँगको सहमतिका विषयमा केही समय पर्खिने नीति अनुसार बुधबारको संसद् रोक्ने अवस्थामा नरहेको उनले बताए । प्रतिपक्ष दलहरूको छलफल र सरकारको प्रतिबद्धताको आधारमा केही दिन पर्खिने गरी हाउस सञ्चालनको वातावरण तयार गरेको उनले बताए ।
‘सरकारसँग विविध विषयमा छलफल भए । तर, ठोस निष्कर्ष आएको छैन । यद्यपि प्रतिपक्ष दलहरू तत्काल संसद् अवरुद्ध गर्ने अवस्थामा पुगेको छैन,’ उनले भने, ‘हामी केही समय पर्ख र हेरको स्थितिमा छौँ । सरकारको तर्फबाट लिखित सहमति आएको छैन । प्रतिपक्ष दलको माग छिट्टै सम्बोधन गर्ने मौखिक प्रतिबद्धता आएको छ । केही दिन पर्खेर अघि बढ्न गरी प्रतिपक्ष दलहरूले रणनीति तयार गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण