कांग्रेसलाई विज्ञको सुझाव– ५ जना नयाँ साथी बनाउने, २ जनालाई भोट हाल्न लगाउने
पोखरा । नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ताले ५ जना नयाँ साथी बनाउन विज्ञले सुझाव दिएका छन् । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा. कृष्ण पौडेलले आगामी ५ महिनाभित्र हरेक कांग्रेसीले ५ जना नयाँ सदस्य थप्ने योजना बनाउनुपर्ने बताएका हुन् ।
पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभाग प्रमुखलाई पढाउँदै उनले भने, ‘कम्तीमा पनि ५ जना नयाँ साथी ५ महिनाभित्र बनाउन लगाऊँ । निर्वाचनको दिनमा हरेकले बनाएका ५ जना साथी मध्ये कम्तीमा पनि २ जनालाई नेपाली काँग्रेसको चुनाव चिन्हमा भोट हाल्न लगाऊँ ।’
उनले पछिल्ला वर्षहरूमा काँग्रेस जनताबाट टाढिँदै गएको तर्क गरे । ‘२०४६ सम्म राजनीति त्याग, निष्ठा, आदर्श र समर्पण थियो । २०५१ सम्म सेवामा समर्पित भयो,’ उनले भने, ‘२०५१ पछि पेसा र व्यवसायमा परिणत भएको छ । अहिलेको राजनीतिमा त्याग, निष्ठा, आदर्श, समर्पण र सेवा भाव न्यून भएको छ । राजनीतिलाई सेवा भावमा नै समर्पित गर्न आवश्यक छ ।’
पौडेलले कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकासका बारेमा सहभागीहरूलाई तथ्यांकीय सहजीकरण गरेका थिए । उनले २०४६ अघि र त्यसपछिको विकासका बारेमा कांग्रेसले लिएका नीति, त्यसले पारेका प्रभावबारे जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण