यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकिएको छ । निकुञ्जले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा तीनवटा पोथी र एउटा भाले गैँडा यस वर्ष स्थानान्तरण गरिएको हो ।
एउटा भाले गैँडा सोमबार नमुना मध्यवर्ती सामुदायिक वन पिठौली क्षेत्रबाट पूर्वी क्षेत्र स्थानान्तरण गरिएको हो । तीन वटा पोथी गैँडामध्ये एउटा नमुना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट र दुईवटा पोथी गैँडा अमलटारी क्षेत्रबाट ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए । उनका अनुसार आज साँझ पोथी गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि आन्तरिक स्थानान्तरणको काम सकिएको छ ।
स्थानान्तरण गरिएका गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ । आज छोडिएको पोथी गैँडा अन्दाजी १३ वर्षको रहेको उनले जानकारी दिए । शनिबारदेखि गैँडा आन्तरिक स्थानान्तरणको काम गरिएको हो । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैँडालाई ल्याइएको थियो ।
विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो । सो समितिले पश्चिम सेक्टरमा ६० प्रतिशत र पूर्वी सेक्टरमा ४० प्रतिशत गैँडा रहेको अनुमान गरिएको छ । स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् । निकुञ्जले गत वर्ष ६ वटा गैँडा स्थानान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण