झापामा गोली चल्यो, एक जना घाइते
काठमाडौं । झापामा लागूऔषध कारोबारीलाई पक्रिन प्रहरीले गोली चलाएको छ । कनकाई नगरपालिका –४ स्थित भित्री सडकखण्डमा भारतीय नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले दुई जना कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने भारत डिगल बैंक थाना ५ का २८ वर्षीय अन्जार आलम (मोसा चालक) र पछाडी सवार सोही ठाउँ बस्ने अन्जारका सहोदर भाइ अनुमानित १९ वर्षका युसुव आलम रहेका छन् ।
अन्जारलाई चेकजाँचका लागि रोक्दा मोटरसाइकलको गति बढाएर प्रहरीलाई नै ठक्कर दिई लडाएर भाग्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिन पेस्तोलबाट प्रहरीले ४ राउण्ड हवाई फायर गरेको र त्यति गर्दा पनि उनीहरु मोटरसाइकल नरोकी भाग्न खोजेपछि अन्जारको देब्रे घुंडामुनि एक राउण्ड गोली प्रहार गरेर दुबैलाई नियन्त्रणमा लिएको बताइएको छ ।
नियन्त्रणमा लिएका उनीहरुको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गरेको र प्रारम्भिक अनुसन्धानमा भाइ युसुव समेतको संलग्नता देखिएको झापा प्रहरीले जनाएको छ । गोली प्रहारले घाइते भएका अन्जारलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लगिएको र थप उपचारसँगै अनुसन्धान समेत थालिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण