दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश छनोट माघ २८ गतेदेखि हुने भएको छ । प्रतियोगिताका खेल सञ्चालन हुने मिति र स्थान तोकिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए ।
आगामी फागुन २ गतेसम्म सञ्चालन हुने दशौँका छनोट खेल कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा हुनेछन् । परिषद्का अनुसार माघ २८ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कराते र तेक्वान्दो प्रतियोगिता आरम्भ हुनेछ ।
सोही दिनदेखि कैलालीको धनगढीमा फुटबल, एथलेटिक्स, खो खो, बुद्धिचाल, बक्सिङ, भलिबल, टेबल टेनिस, क्रिकेट, बास्केटबल, उसु, ह्याण्डबल, भारात्तोलन, फुल कन्ट्राक्ट कराँते, ब्याडमिन्टन छनोट प्रतियोगिताका खेलहरु हुनेछन् । प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण