अवैध आप्रवासी बोकेर ग्वान्तानामो खाडी पुग्यो अमेरिकी सेनाको विमान, निर्वासितहरूलाई जेलमा राखिने
वासिङ्टन डीसी । अमेरिकाबाट अवैध आप्रवासीहरू बोकेको एउटा सैन्य विमान मंगलबार ग्वान्तानामो खाडी पुगेको छ । गैरकानूनी आप्रवासीहरू बोकेर ग्वान्तानामो खाडी पुग्ने यो पहिलो अमेरिकी विमान हो ।
अमेरिकाले गैरकानुनी आप्रवासीहरूलाई ग्वान्तानामो बे जेलमा राख्ने भएको छ । यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ । २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलाका अभियुक्तहरूलाई यस जेलमा राखिएको थियो ।
त्यतिबेला, ग्वान्तानामो बे जेल विश्वभर हेडलाइन बनेको थियो । ग्वान्तानामो बे जेलमा अवैध आप्रवासीहरूलाई राख्न ३०० जना सहयोगी कर्मचारी पनि खटाइएको छ । आवश्यक परेमा, यसलाई बढाउन पनि सकिने बताइएको छ ।
ग्वान्तानामो बे जेलमा ३० हजार कैदी राख्न सक्ने क्षमता भएको होल्डिङ सेन्टर बनाइएको छ । यो होल्डिङ सेन्टर अवैध आप्रवासीहरूलाई राख्न प्रयोग भइरहेको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले ग्वान्तानामो बे जेललाई अवैध आप्रवासीहरूलाई राख्नको लागि उत्तम ठाउँ बताएका छन् ।
तर, अवैध आप्रवासीहरूलाई जेलमा राख्ने ट्रम्प सरकारको निर्णयको पनि कडा आलोचना भइरहेको छ । एम्नेस्टी इन्टरनेशनल युएसएमा शरणार्थी तथा आप्रवासी अधिकार कार्यक्रमकी निर्देशक एमी फिशरले ग्वान्तानामो बे जेलको प्रयोगको निन्दा गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण