भन्सार नाका अस्तव्यस्त अवस्थामा छन् : सांसद गिरी
बुधबार, २३ माघ २०८१, १४ : ०१
काठमाडौँ । सांसद पदम गिरीले अनुगमनका क्रममा भन्सार नाकाहरू अस्तव्यस्त अवस्थामा रहेको भेटिएको बताए । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा मङ्गलवार भएको छलफलमा बोल्दै गिरीले यस्तो बताएका हुन् ।
‘भन्सार नाकाहरू अस्तव्यस्त छन्। कतिपय पूर्वाधारको अभाव छ,’ उनले भने, ‘कतिपय भएका पूर्वाधार प्रयोगमा छैनन् । कतिपय नियोजित ढङ्गले मिलेमतोमा स्क्यानर मेसिन थन्काएको अवस्था छ । प्रयोगमा किन आउँदैन यसको कुनै जवाफ आउँदैन ।’
जसका कारण अवैध रूपमा आयात बढेको उनको भनाई छ । साथै पोका बोकेर आउनेलाई प्रहरीले लखेटेजस्तो गर्ने तर सेटिङमा ल्याइएका वस्तु देखि देखि छाड्ने प्रवृत्ति रहेको बताए ।
‘प्रहरीका पनि केही लिमिटेसन होला । तर पोका बोकेर आउनेलाई लखेटेजस्तो गर्ने तर सेटिङमा ल्याइएका वस्तु देखि देखि छाडिएको पाइन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण