धनगढीमा श्रीमदभागवत सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन
धनगढी । कैलालीको धनगढीमा आजदेखि श्रीमदभागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । सडक आश्रित मानवहरूको संरक्षकको भूमिका खेल्दै आएको मानव सेवा आश्रमले आफ्नै भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बिच महायज्ञ उद्घाटन गरेका छन् । महायज्ञ माघ ३० गतेसम्म धनगढी उपपमहानगपलिका १ पशुपति टोलस्थित महोत्सव स्थलमा हुने भएको हो ।
आश्रमले भवन निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
सो आश्रमको धनगढी शाखामा हालसम्म करिब ४ सय जना बेसहारा, असहाय, अभिभावक विहिन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी सेवा प्रदान गरिसकेको जनाएको छ ।
यसैबिच आज सांस्कृतिक झाँकी र कलश यात्राका साथै भुवा, हुड्केली, हलिया, पुतला, गौरा, सखिया, होली, देउडा, लाखे नाचसहित सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण