जथाभावी सामाजिक सञ्जालमा टिप्पणी नगर्न एकीकृत समाजवादीको निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय अनुशासन आयोगले पार्टीको विधि र पद्धति विपरित सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । आयोगका अध्यक्ष शिवबहादुर देउजाले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुले सचेतसहित निर्देशन दिएका हुन् ।
पार्टी अनुशासनविपरित कतिपयले सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी भ्रम सिर्जना गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ । साथै यस्ता क्रियाकलापमाथि आयोगले निगरानी राखिरहेको पनि जनाएको छ ।
‘तसर्थ, पार्टीको तलदेखि माथि जुनसुकै तह र निकायको जिम्मेवारीमा रहनुभएका कमरेड जहाँ जोजोबाट जेजस्तो आशयबाट त्यस्तो बेठीक शैली र कुराहरु प्रकट भएको भए पनि त्यसलाई तत्काल त्यागी हाल्न अनुरोध र सचेत पनि गराइन्छ, अन्यथा पार्टीको विधान अनुरुप अनुशासनको कार्यबाहीको प्रकृया अघि बढाइने कुरा समेत जानकारी गराइन्छ’, एकीकृत समाजवादीले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण