आवासीय चिकित्सकहरूको आन्दोलनमा विभिन्न संस्थाको ऐक्यबद्धता
काठमाडौँ । आवासीय चिकित्सकहरूले थालेको आन्दोलनमा मेडिकल क्षेत्रका विभिन्न संघसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।
सोसाईटी अफ एनेस्थेसियोलोजिस्ट नेपाल, सोसाईटी अफ ओटोल्र्याङगोलोजिष्ट अफ नेपाल, साईक्रेटिष्ट एसोसिएसन अफ नेपाल, नेपाली सोसाईटी अफ क्रिटिकल केयर मेडिसिन लगायतका संस्थाले विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकहरूले उठान गर्दै मागप्रति ऐक्यबद्धता जाहेर गरेका हुन् ।
उनीहरूले गर्दै आएको आन्दोलनप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाउँदै ती संस्थाहरूले माग पुरा गराउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।
नेपालको संविधानको मौलिक हक मध्येको धारा ३४ को उपधारा २ अनुसार प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था रहेको तर, आवासीय चिकित्सकहरू त्यसबाट वञ्चित भइरहेको उनीहरूको भनाई छ ।
आवासीय चिकित्सकहरूको सुविधा कम्तीमा मेडिकल अधिकृत सरह हुनेगरी नियम कानुन निर्माण गरी सुनिश्चित गर्न समेत अनुरोध गरेका छन् ।
नेपालमा चिकित्सकलाई सुरक्षित रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण सुनिश्चित गर्न समेत सरोकारवालालाई अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण