तीन सिफ्टमा काम गरेर कीर्तिपुर क्रिकेट मैदानलाई सुविधानसम्पन्न बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सिफ्टमा कीर्तिपुरमा क्रिकेट मैदानको काम अघि बढाएर समयमै सक्न निर्देशन दिएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पहिलो चरणमा फ्लड लाइट, प्यारापिट बनाउने र दोस्रो चरणमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम अघि बढेको बताए ।
प्रधानमन्त्री ओलीले खेलाडी रोहित पौडेल, इन्दु बर्मा, पूजा महतो सहित क्यानका सचिव पारस खड्कासँगको आफ्नो भेट भएको र सो क्रममा कीर्तिपुर र मूलपानीको क्रिकेट रंगशाला सहित समग्र नेपाली क्रिकेटको कुरा भएको जानकारी दिएका छन् ।
त्यसको भोलिपल्टै बुधबार शहरी विकास मन्त्री सहित सचिव र मन्त्रालयका पदाधिकारीहरूसँग कीर्तिपुरमा क्रिकेट रंगशाला तोकिएको समयमै निर्माण गरिसक्न के भइरहेको छ भन्ने विषयमा छलफल गरेको ओलीको भनाइ छ ।
ओलीले फेसबुकमा भनेका छन्, ‘पहिलो चरणमा फ्लड लाइट, प्यारापिट बनाउने र दोस्रो चरणमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम अघि बढेको जानकारी पाएँ। कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न निर्देशन दिएको छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण