ऋण लिनु हुँदैन भन्ने चिन्तन विकास विरोधी हो : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा केही वर्ष देखि सरकारी ऋणको विषयमा बहस सुरु भएको भन्दै ऋण लिनै हुँदैन भन्ने विकास विरोधी चिन्तनले नेपाललाई सधैँ पछि धकेल्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘राज्य र ऋण’का कुरा भन्दै पोखरेलले नेपाललाई ऋणको पासोमा डुबाएको आरोप लाग्ने गरेको समेत स्मरण गराएका छन् ।
पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले आय र व्ययका बिचमा सन्तुलन कायम गर्न आन्तरिक र वाह्य ऋण लिने प्रचलन सबैतिर हुने तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा भएको बताएका छन् ।
‘ऋण नै लिनु हुँदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोसिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफूलाई विकासको हिमायती र योजनाकारका रूपमा चित्रण गर्नेहरूले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो’, पोखरेलको भनाइ छ ।
अमेरिका कुल गार्हस्थ्य उत्पादनको १२५ प्रतिशत माथिको सरकारी ऋण भएको मुलुकमा पर्ने पनि पोखरेलले जनाएका छन् ।
‘जापानमा सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको २३६ प्रतिशत भन्दा माथि छ । जबकि नेपालमा सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशतको हाराहारीमा मात्र छ । तर नेपाल ऋणमा डुब्यो । केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुबाए भनेर हल्ला गरिँदै छ’, पोखरेलले नेपाल दक्षिण एसियामै कम सरकारी ऋण भएको मुलुक परेको बताएका छन् ।
‘तर नेपालको भन्दा कयौँ गुणा बढी सरकारी ऋण भएका मुलुकहरूमा नेपालमा जस्तो सरकार ऋणमा डुब्यो भनेर हल्ला गरेको सुनिँदैन’, पोखरेलले भनेका छन्, ‘तीव्र विकास र ठुला पूर्वाधार निर्माणका लागि सरकारले ऋण लिएर श्रोत जुटाउनु स्वाभाविक नै मानिन्छ । तर त्यस्ता आयोजनाहरू मुलुकको अर्थतन्त्रको विकास र प्रतिफल दिने खालको भने हुनुपर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण