विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई कांग्रेसको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई आग्रह गरेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बसेको कांग्रेस संसदीय दल बैठकले संघीय व्यवस्थालाई सुदृढ पार्न धेरै कानून बनाउन बाँकी रहेको अवस्थामा संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकले संसदमा विचाराधीन रहेका विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
त्यस्तै आर्थिक तथा व्यवसायीक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवर्द्धन लगायत सम्बन्धी अध्यादेशलाई समर्थन गर्ने निर्णय गरिएको प्रमुख सचेतक घिमिरेले बताए । उनले राष्ट्रको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै जसपा नेपालले समर्थन गरेको उल्लेख गरे ।
त्यस्तै बैठकले जनता आवाजहरूलाई अधिकतम रूपमा सदनमा राख्न र संसदको प्रभावकारीताका गम्भीर भएर लाग्न सांसदहरूलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण