संसदमा प्रचण्डले खोले स्पिनिङ मिलको आइपिओमा नक्कली अडिट काण्ड
बिहीबार, २४ माघ २०८१, १५ : ०९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्पिनिङ मिलको आइपिओमा नक्कली अडिट काण्डबारे बोलेका छन् ।
‘आज म सरकारलाई सोध्छु, सरकारी जग्गा हिनामिनाका काण्डहरुको छानबिन कहाँ पुग्यो ? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारबाही कहाँ पुग्यो ? म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ?’, प्रचण्डले भने, ‘उत्तर मै दिन्छु, धितोपत्र बोर्डमैं मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्वौं क्रृणको दुरुपयोगको छानबिन के भयो ? सामसुम पारियो ।’
उनले नक्कली भुटानी शरणार्थी काण्डमा बेचन झाको बयान के भयो ? भन्दै प्रश्न गरे । ‘पूरै नक्कली शरणार्थी काण्ड अब बेचन झामै सीमित भयो । बाँसबारी छालाजुत्ता कारखाना जग्गाको काण्ड के भयो ? त्यो पनि मिलाइयो, चोख्याइयो, जोगाइयो ’, प्रचण्डले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण