गाजाबाट प्यालेष्टिनीहरूको स्थानान्तरण अस्थायी मात्रै हुन्छ : अमेरिकी विदेशमन्त्री
बिहीबार, २४ माघ २०८१, १५ : ४२
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजाका बासिन्दालाई अन्यत्र सार्ने कुरा गरेका थिए । यसअघि यो स्थानान्तरण स्थायी वा अस्थायी दुबै हुन सक्ने भनिएको थियो । उनको यो प्रस्तावको अन्य अरब देशहरूले ठाडै अस्वीकार गरेका थिए । ट्रम्पले गर्ने भनेको स्थानान्तरण अस्थायी हुने भनेर अमेरिकी विदेशमन्त्री मार्क रुबियोले भनेका छन् ।
हालै मात्र ट्रम्पले अमेरिकाले गाजाको स्वामित्व लिन सक्ने र त्यहाँको दसौँ लाख मानिसहरूलाई अन्य सार्ने भनेका थिए । तर उनको यो अवधारणाको संयुक्त राष्ट्र संघ, मानव अधिकार समूह र अरब देशका नेताहरूले आलोचना गरेका थिए । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लिभिटले ट्रम्पको यस अभिव्यक्तिबारे स्पष्टीकरण नै दिनु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण