नेहा र सत्यन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुन्छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र र नेहाको विवाह प्रशंगलाई लिएर सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका छन् ।
जवाफ दिने क्रममा मन्त्री लेखकले समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोकल्पित र असत्य भएको प्रस्ट पारे ।
‘समाचार थाहा पाउनेवित्तिकै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सबै तथ्य सार्वजनिक गर्न निर्देशनअनुसार विवरण सार्वजनिक गरेको छ’, मन्त्री लेखकले भने, ‘तथापि त्रुटि देखिए छानबिन गर्न तयार छु । नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुन्छ ।’
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उक्त घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए । त्यसक्रममा मन्त्री लेखकले अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको र कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयको भएको भन्दै मन्त्रालय कानुन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।
सर्लाहीका सत्यन्द्र कुमार राम चमार र नेहा रौनियारमाथि अन्तरजातीय विवाह गरेकै कारण अत्याचार गरेको भनेर आएका समाचारलाई लिएर सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए । सो घटनामा राज्यशक्तिको दुरुपयोग भएको सांसदहरूको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण