श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम ट्रेड युनियन फेडरेशनले श्रमिकका हकअधिकार सहित विभिन्न माग गर्दै श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सिंहदरबारमा आज फेडरेशनका पदाधिकारीहरू पुगेर श्रममन्त्री भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । श्रमिकको हकअधिकारका लागि संघर्ष गरिरहेको फेडरेशनले विभिन्न कार्यक्रम सहित सङ्घर्षका कार्यक्रम जारी राखेको छ ।
फेडरेशनले श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने, घरेलु श्रमिकको लागि ऐन निर्माण गर्नुपर्ने, नेपाली उधोगमा बिदेशी कामदारको अन्त्य र नेपाली श्रमिकले काम पाउने व्यवस्था गर्नुपर्ने, विदेशमा कामका लागि जाने श्रमिकलाई ट्रेड युनियन अधिकार र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, पिस रेट ठेक्का तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्नुपर्ने लगायतका माग श्रम मन्त्रीसँग गरेको छ ।
फेडरेशनका इन्चार्ज धनकुमारी मगर, अध्यक्ष शिव थापा, सचिवालय सदस्य प्रेम थापा, लक्ष्मी राई, विमल गौली, प्रमोद शर्मा लगायतका नेताहरू ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेका थिए ।
यसैगरी आजपाले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा शनिबार अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब भृकुटीमण्डपमा आजपाले अर्थ विज्ञसहितको सहभागितामा ‘कर आतङ्क कहिलेसम्म ?’ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण