अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोको दोस्रो विमान पनि जफत
कारकास । अमेरिकाले भेनेजुएला राष्ट्रपति निकोलस मदुरोको दोस्रो विमान जफत गरेको छ । अमेरिकी विदेश मन्त्री मार्क रुबियोले औपचारिक रूपमै मदुरो सरकारको अर्को विमान पनि जफत गरेका हुन् ।
अमेरिका सरकारको तर्फबाट बिहीबार उक्त विमान जफत गरिएको भन्दै सीएनएनले समाचार छापेको छ । बिहीबार जफत गरिएको डासल्ट फाल्कन २०० ईएक्स अमेरिकी प्रतिबन्धमा परेको विमान थियो ।
२०२४ को अप्रिलदेखि विमानलाई सान्तो दोमिन्गोमै रोकेर राखिएको थियो । यो विमानलाई भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसएले अमेरिकासँग २०१७ मा किनेको बताइएको छ ।
दशकौँदेखि अमेरिका र भेनेजुएलाबिचको सम्बन्ध तनावग्रस्त रहँदै आएको छ । सेप्टेम्बरमा पनि अमेरिकाले डोमिनिकन रिपब्लिकनबाट मदुरोको विमान जफत गरेको थियो ।
यी दुवै विमान मदुरो सरकारको भएको र यसलाई उच्चस्तरीय भेनेजुएला अधिकारीहरूको यात्रामा प्रयोग गरिँदै आएको बताइएको छ । मार्क रुबियो आफ्नो पहिलो विदेश भ्रमणमा डमिकन रिपब्लिक गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण