आवासीय चिकित्सकहरूको आन्दोलनप्रति नेपालीज् स्टुडेन्ट एसोसिएसन बंगालादेशको ऐक्यबद्धता
काठमाडौँ । आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति नेपालीज् स्टुडेन्ट एसोसिएसन बङ्गलादेशले ऐक्यबद्धता जनाएको छ । अध्यक्ष डा.नवीन यादवले एक विज्ञप्ति जारी गर्दै आफ्नो हक हितका लागि आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति समर्थन रहेको जनाएका हुन्।
पर्याप्त स्रोत साधन,सुरक्षा,आवश्यक तलब, सुविधा एवं सुनिश्चितताको अभावका कारण बर्सेनि हजारौं नेपाली युवा चिकित्सकहरू बिदेसिन बाध्य हुने गरेको बताए । मेडिकल क्षेत्रलाई व्यापारका रूपमा मात्र लिनेहरूको चरम श्रम शोषणबाट आवासीय चिकित्सकहरू परिरहेको अध्यक्ष यादवले बताए ।
जसका कारण दक्ष युवा डाक्टर जनशक्तिलाई स्वदेशमै राख्ने किसिमको वातावरण सिर्जना हुन नसकेको बताए । समग्र स्वास्थ्य क्षेत्रको विकास वैज्ञानिक व्यवस्थापन एवं डाक्टरको हकहितका निम्ति सरकारी एवं गैरसरकारी तर्फबाट थुप्रै सङ्घ संस्थाहरू गठन गरिएको भएता पनि पनि राजनीतिक सिन्डिकेट अनि व्यक्तिगत स्वार्थमै केन्द्रित रहँदा समग्र देशको स्वास्थ्य एवं स्वास्थ्य शिक्षाको अवस्था दयनीय रहेको अध्यक्ष यादवले बताए ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको नेतृत्वमा भइरहेको देशव्यापी आन्दोलनमा पूर्ण समर्थन रहेको बताए । स्वास्थ्य क्षेत्रमा सकारात्मक एवं आमूल परिवर्तन चाहने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं मेडिकल विद्यार्थीहरूलाई यस निर्णायक आन्दोलनमा पूर्ण समर्थन गरी सफल पार्न समेत अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण