प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठी पीडितहरूको विषय प्राथमिकतामा
काठमाडौँ । बिहीबारको प्रतिनिधिसभाको आकस्मिक समयमा स्वर्गद्वारी गुठीको पीडितहरूको विषयले प्राथामिकता पाएको छ । बैठकको सुरूवातमा आकस्मिक समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले उक्त विषयमा कुरा उठाएकी हुन् । सांसद शर्माले माइतीघर मण्डलामा धर्नामा बसेका पीडित किसानहरूको विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘उहाँहरूले राखेको तीन माग राखेर धर्नामा हुनुहुन्छ । एक हप्ता भइसक्दा पनि सरकारले यसमा ध्यान दिएको छैन‚’ उनले भनिन् । यस्तै बैठकको आस्मिक समयमा बोल्दै रास्वपा सांसद अशोककुमार चौधरीले पनि सरकारले आन्दोलनमा रहेका किसानहरूलाई सरकारले वेवास्ता गरेको बताए । यसबाट १६ हजार बढी किसान मारमा परेको भन्दै उनले संविधानले दिएको अधिकार प्रति सदनको ध्यानाकर्षण गराए ।
‘गुठी मोही किसानको भुमस्वामित्व समस्या समाधान गर्न सरकारले प्रयास गरोस् । भोको पेटले अन्याय सुन्दैन‚’ उनले भने । यस्तै नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले पनि यस विषयमा सदनको ध्यानाकर्षण गराएका छन् ।
‘जुन् जग्गाको माग किसानहरूले माग गरेको हो त्यो किसानहरूकै जग्गा हो । पछी डकैती गरेर गुठीको जग्गा बनाइएको हो‚’ उनले भने ।
सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति अहिले आन्दोलनमा छ । माइतीघर मण्डलामा दाङका ३९ जना मोही किसान माघ २० देखि आन्दोलनमा बसेका हुन् ।
२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबिच सहमति भएको थियो, जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरू गर्ने उल्लेख थियो ।
तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण