इटालियन सिरी’ए : युभेन्टस चौथो स्थानमा उक्लियो
शनिबार, २६ माघ २०८१, ०३ : ५२

काठमाडौं । इटालियन सिरी’एमा कोमोलाई हराउँदै युभेन्टस चौथो स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा घरेलु टोली कोमो युभेन्टससँग २-१ ले हारेको हो ।
युभेन्टसका लागि दुबै गोल अन्दाल कोलो मुआनीले गरे । कोमोका तर्फबाट असाने डियाओृले एक गोल फर्काए । यो जितसँगै इटालियन सिरी’एमा युभेन्टसले २४ खेलबाट ४३ अंक जोड्दा शीर्ष स्थानको नापोलीको २३ खेलबाट ५४ अंक छ भने दोस्रो स्थानको इन्टर मिलानको ५१ अंक छ । यस्तै, तेस्रोमा रहेको एटलान्टाको ४७ अंक छ ।
सबैभन्दा कम खेल गुमाउनेमा युभेन्टस नै अग्रस्थानमा छ । उसले अहिलेसम्म १ खेल मात्रै गुमाउँदा शीर्ष स्थानको नापोलीले ३ खेल गुमाइसकेको छ । दोस्रो स्थानको इन्टरले समेत २ खेल गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
-
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित
-
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
-
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
-
परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव
-
पश्चिम सुर्खेतको कायाकल्प गर्ने मदन भण्डारी राजमार्ग