इटालियन सिरी’ए : युभेन्टस चौथो स्थानमा उक्लियो
शनिबार, २६ माघ २०८१, ०३ : ५२
काठमाडौं । इटालियन सिरी’एमा कोमोलाई हराउँदै युभेन्टस चौथो स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा घरेलु टोली कोमो युभेन्टससँग २-१ ले हारेको हो ।
युभेन्टसका लागि दुबै गोल अन्दाल कोलो मुआनीले गरे । कोमोका तर्फबाट असाने डियाओृले एक गोल फर्काए । यो जितसँगै इटालियन सिरी’एमा युभेन्टसले २४ खेलबाट ४३ अंक जोड्दा शीर्ष स्थानको नापोलीको २३ खेलबाट ५४ अंक छ भने दोस्रो स्थानको इन्टर मिलानको ५१ अंक छ । यस्तै, तेस्रोमा रहेको एटलान्टाको ४७ अंक छ ।
सबैभन्दा कम खेल गुमाउनेमा युभेन्टस नै अग्रस्थानमा छ । उसले अहिलेसम्म १ खेल मात्रै गुमाउँदा शीर्ष स्थानको नापोलीले ३ खेल गुमाइसकेको छ । दोस्रो स्थानको इन्टरले समेत २ खेल गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण