उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव
काठमाडौँ । उद्योगपति चौधरीले आफ्नो वैवाहिक वार्षिकोत्सव मिथिला थालीमा मनाएका छन् । वार्षिकोत्सव मनाउन शुक्रबार साँझ काठमाडौँको गैरीधारास्थित मिथिला थालीमा पुगेका चौधरीको परिवारलाई मास्टर सेफ सन्तोष शाहले विभिन्न परिकार बनाएर खुवाएका हुन् ।
मास्टर सेफ सन्तोषले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै चौधरीको वर्षगाँठका अवसरमा आफूले विभिन्न परिकार बनाएर खुवाएको जनाएका हुन् । उनका अनुसार वर्षगाँठ मनाउनका लागि उद्योगपति चौधरीसँगै पत्नी सारिका, छोरा निर्वाण, बुहारी तथा नातिनातिना उपस्थित भएका थिए ।
वर्षगाँठ मनाउका लागि चौधरी परिवार शुक्रबार साँझ करिब ७:३० बजेतिर मिथिला थाली पुगेका थिए । मास्टर सेफ शाहले उनीहरूलाई विभिन्न १० वटा शाकाहारी परिकार बनाएर खुवाएका हुन् ।
चौधरी परिवारका लागि शाहले तीन प्रकारका वेलकम ड्रिंक्स, क्यानापिज कोर्स, एपिटाइजर, फ्रस्ट मेन्स, मेन कोर्स, प्रि-डिजर्ट र डिजर्ट बनाएका हुन् । शाहका अनुसार अधिकांश परिकार बनाउनका लागि नेपाली रैथाने उत्पादनको प्रयोग गरिएको हो । 'उद्योगपति चौधरीको वर्षगाँठका अवसरमा विभिन्न परिकार बनाएर खुवाउन पाउनु मेरा लागि पनि सम्मानको क्षण हो,' उनले भनेका छन् ।
शाहले छोटो समयको सूचना र तयारीबिच विभिन्न परिकार बनाएर खुवाएको बताए । 'उहाँहरू वार्षिकोत्सव मनाउन आउने भन्नेबारे मलाई दिउसो २ बजेतिर मात्र खबर भयो । सुरुमा त के गर्ने भनेर म आफैँ अन्योलमा परेँ । तर करिब ३ घण्टाको तयारीपछि उहाँहरूलाई विभिन्न परिकार खुवाउन पाइयो,' शाहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण