शीर्ष नेताले द्वैध चरित्र देखाउने प्रवृत्ति मौलायो : पदम गिरी
काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सत्ताबाट बाहिरिने वित्तैकै नेपाली राजनीतिका शीर्ष नेताहरूले द्वैध चरित्र देखाउने प्रवृत्ति मौलाउँदै गएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले माओवादी अध्यक्ष प्रचण्डले माघ २४ गते दिएको अभिव्यक्ति द्वैध चरित्रको एक नमुना भएको बताएका हुन् ।
‘सरकार संसद् छल्न खोज्यो, डराएर भाग्यो भन्ने जसरी उहाँ प्रस्तुत हुनुभयो’, उनले अघिल्लो वर्ष प्रचण्ड नै प्रधानमन्त्री हुँदा माघ २२ गते मात्र संसद्को पहिलो बैठक बसेको स्मरण गराए ।
‘गत सालको भन्दा यसपटक चारपाँच पटक अघि नै बैठक बसेको छ’, उनले भने, ‘गत साल माघ २२ गते बैठक बोलाउँदा संसद् छलेको भएन, भागेको भएन । तर अहिले १८ गते बैठक बस्दा सरकार भागेको, लुकेको र डराएको भन्ने भाष्य स्थापित गर्न खोजिएको छ यो शीर्ष नेतृत्वबाट यस्तो अभिव्यक्ति आउने कुरा सैह्य स्वाभाविक हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण